वार्ता सफल बनाउने ट्रम्प र किमको प्रतिबद्धता

 जेठ २९, २०७५ मंगलबार ७:३६:५८ | एजेन्सी
unn.prixa.net

विश्वले चासोका साथ हेरिरहेको अमेरिका र उत्तर कोरीयाको शिखर वार्ता शुरु भएको छ । सिंगापुरको सेण्टोसा टापूमा रहेको क्यापेल्ला होटलमा वार्ता शुरु हुनु पहिले अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरीयाली नेता किमले एक्लाएक्लै अर्थात ‘वान अन वान’ वार्तामा बस्नुअघि हात मिलाएर संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

दुवैजनाले वार्ता सफल हुनेमा आशावादी रहेको बताएका छन् । ट्रम्पले बार्ता अत्यन्तै सफल हुनेमा आशाबादी रहेको बताउनुभयो । उत्तर कोरीयाली नेताको नजिकै बसेका राष्ट्रपति ट्रम्पले आफुहरु (अमेरिका र उत्तर कोरीया) बिच आउँदा दिनमा गज्जबको सम्बन्ध हुने आशा पनि ब्यक्त गर्नुभयो ।

त्यस्तै उत्तर कोरीयाली नेता किमले अनेकौ चुनौतीहरुका बिच आफुहरुबिच वार्ता शुरु हुन लागेको भन्दै सवैखालका चुनौती समाधान गरेर अघि बढ्ने प्रतिक्रिया दिनुभएको छ । 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया