जथाभाबी उत्खनन र मानवीय अतिक्रमणका कारण कालीगण्डकीको जलसभ्यता सङ्कटमा

 भदौ १९, २०८१ बुधबार १८:२७:११ | रासस
unn.prixa.net

म्याग्दी – सडक, ढल, जथाभाबी गरिएको उत्खनन र मानवीय अतिक्रमणका कारण कालीगण्डकीको जलसभ्यता सङ्कटमा पर्न थालेको छ । धार्मिक, सांस्कृतिक र जैविक महत्त्वले युक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको जलसभ्यता सङ्कटमा पर्न थालेको हो ।

नदीको प्राकृतिक रूप नासिँदै गएको र पानी पनि प्रदूषित हुँदै गएको स्थानीय बासिन्दा बताउँछन् । मुस्ताङको सदरमुकाम जोमसोमबाट म्याग्दीको सदरमुकाम बेनी हुँदै गुल्मीको रिडीसम्म पुग्दा कालीगण्डकीको निर्मल जलमा थुप्रै ढल मिसिने गरेको कालीगण्डकी बचाउ अभियानका अभियन्ता सागरजीवी उपाध्यायले बताउनुभयो । डोजरले जथाभाबी उत्खनन गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खलबलिँदै गएको उहाँको भनाइ छ ।

सर्वोच्च अदालतले नदी उत्खनन, नदीमा फोहर विसर्जन नगर्न अन्तरिम आदेश जारी गरिसकेको भए पनि यी कार्यहरू अझैसम्म नरोकिएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । कालीगण्डकी पानीले निकास खोज्दै तलतिर बगेको नदी मात्र नभई सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्त्वपूर्ण धरोहर रहेकोले जोगाउनुपर्ने रेग्मीको भनाइ छ ।

कालीगण्डकीको मुक्तिनाथबाट देवघाटसम्मको क्षेत्रलाई पावन क्षेत्र मानिन्छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया