तीन वर्षपछि ‘बी’ डिभिजन लिग आउने माघमा हुँदै
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले बाग्मती युथ क्लबलाई हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो खेलमा कोशीले बाग्मती युथलाई २–१ गोलले हरायो । कोशीका लागि समिक्षा मगरले एक गोल गरिन् भने एक गोल आत्मघाती भएको थियो । बाग्मती युथकी विष्णुमाया बलले एक गोल फर्काइन् । पहिलो चरणमा कोशीले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको थियो भने बाग्मती युथले सुदूरपश्चिम प्रदेशलाई हराएको थियो ।
आजै दोस्रो खेलमा सवा ४ बजे वालिङ नगरपालिका र कर्णाली प्रदेश खेल्दैछन् । यो खेल पनि एन्फा कम्प्लेक्सको मैदानमै हुनेछ । एन्फा महिला लिग फुटबलमा आजदेखि दोस्रो चरणका खेल शुरू भएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भएको लिगमा १० वटा टोली सहभागी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।