सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
मंसिर ७, २०८१ शुक्रबार
दाङ – पानी परेसँगै पहिरोले देशका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गसहित कालीगण्डकी करिडोर, गोरखा–आँबुखैरेनीलगायतका सडक अवरुद्ध भएका छन् ।
लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिकामा खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका ठाउँमा पहिरो खसेको छ । लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ खण्डक पूर्णरूपमा अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिनुभयो ।
लोकमार्ग अवरुद्ध हुँदा निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पा, पोखरा, काठमाण्डौलगायतका ठाउँमा आउने/जाने यात्रु अलपत्र परेका छन् । सडक खुलाउन समय लाग्ने वडाध्यक्ष पौडेल बताउनुहुन्छ ।
पहिरोकै कारण मध्यपहाडी लोकमार्ग खोटाङमा पूर्ण अवरुद्ध छ । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवा भञ्ज्याङ सडक खण्ड पूर्णरूपमा अवरुद्ध बनेको हो ।
यस्तै कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) खण्ड अवरुद्ध छ । कालीगण्डकी करिडोरअन्तर्गत नवलपुर खण्डको तीन वटा ठाउँमा पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदबहादुर पौडेलका अनुसार कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–३ जन्ती पहिरो, बुलिङटार गाउँपालिका–१ मते डाँडा र गैँडाकोट नगरपालिका–३ हिउँदे खोलमा लेदो माटोसहितको पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
यस्तै पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध छ । गोरखा नगरपालिका–१३ मझुवा सात किलोमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । पहिरो पन्छाउने काम भइरहेको छ ।
गोरखा–८ सल्यानधारा नजिकै पनि पहिरोले सडक अवरुद्ध भएको गोरखा नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ध्रुव घिमिरेले जानकारी दिनुभयो । यो सडक अवरुद्ध हुँदा गोरखा सदरमुकामबाट काठमाण्डौसहित पोखरा, चितवनलगायत ठाउँमा आउने/जाने गाडी र यात्रु रोकिएका छन् ।
यस्तै दाङकाे तुलसीपुर–कपुरकोट सडक पनि अवरुद्ध छ । म्याग्दीको सदरमुकाम बेनीदेखि पश्चिम म्याग्दीका तीन वटा गाउँपालिका र बागलुङका विभिन्न गाउँ जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि पूर्णरूपमा अवरुद्ध छ । मङ्गला गाउँपालिका–२ र बेनी नगरपालिका–४ को सीमानामा पर्ने फापरखेतको घुमाउने भीरमा पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
त्यसैगरी फापर खेतको घुमाउने भीरमा पहिरो जाँदा पैदल हिँडेर सिमलचौर निस्कन प्रयोग गरिने मङ्गला–३ पखेरमा पनि पहिरो जाँदा स्थानीय लक्ष्मी खड्काका दुई वटा घर पुरिएका छन् भने वैकल्पिक बाटो पनि अवरुद्ध भएको स्थानीय बासिन्दा नरबहादुर थापामगरले जानकारी दिनुभएको छ । पहिरोले दुई वटा घरमा क्षति पुर्याए पनि हिजो लक्ष्मी र उहाँका छोरा अरूको घरमा पाहुना गएकाले मानवीय क्षति हुन नपाएको उहाँले जानकारी दिनुभयो । प्रहरीको टोली र स्थानीय बासिन्दाले पहिरो पन्छाएर घरका सामान सुरक्षित ठाउँमा सार्ने काम गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।