मिथिलाञ्चल क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

 भदौ २१, २०८१ शुक्रबार १२:२:१ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

धनुषा – जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्व र तीज आज एकैदिन मनाइँदैछ । भदौ शुक्ल तृतीया तीथिको तीज व्रत र मिथिलामा भदौ शुक्ल चौथीको चन्द्रदर्शनको पर्व चौरचन आज एकैदिन परेको हो । यस वर्ष चौथी तिथि आज र भोलि छ ।

मिथिलाका ठूला पर्वमध्ये एक रहेको चौरचन पर्वमा चन्द्रमालाई पूजा गर्ने परम्परा छ । महोत्तरीको बर्दिबास–२ का महेशकुमार झाले चौथी तिथिको चन्द्रोदय आजै हुने हुँदा यसपालि तीज व्रत र चौरचन एकैदिन परेको बताउनुभयो ।

पर्वको दिन व्रतालु दिनभर उपवास बसेर बेलुकापख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्छन् । गणेश र चन्द्रमालाई खिर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलफूल देखाएर यो पर्व सम्पन्न गर्छन् । भाद्र शुक्ल चौथीको व्रत बसेर गरिने चन्द्रदर्शनले मित्र बढ्ने, सुख शान्ति प्राप्ति हुने लगायतका विश्वास छ ।

यस पर्वको माध्यमबाट मैथिल कला, संस्कृतिको उजागर हुने प्राज्ञ तथा वरिष्ठ पत्रकार रामभरोस कापडी बताउनुहुन्छ । चौरचन पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व रहेको संस्कृतिविद् डा. राजेन्द्र बिमलले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया