भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोक – जलवायु परिवर्तनबारे राष्ट्रिय सम्मेलन सिन्धुपाल्चोकमा हुने भएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ को गुफाडाँडामा पुस १६ र १७ गते जिल्ला समन्वय समिति महासंघको आयोजनामा जलवायु परिवर्तनबारे राष्ट्रिय सम्मेलन हुने भएको छ ।
७७ वटै जिल्लाका समन्वय समितिका प्रमुख, उपप्रमुख, सम्बन्धित मन्त्रालयका अधिकारी, जलवायु परिवर्तन विज्ञसहितको उपस्थितिमा आयोजना हुने उक्त सम्मेलनले जलवायु परिवर्तनबाट हुने प्रभाव न्यूनिकरण गर्न साझा घोषणा–पत्र जारी गर्ने छ ।
जलवायु अनुकूलन योजना निर्माण गर्न स्थानीय तहलाई सहजीकरण हुने नीति निर्माणको लागि सम्मेलनको आयोजना गरिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिनुभयो ।
सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम तय गरिएको छ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपछि यस क्षेत्रमा पर्ने वातावरणीय असर कम गर्न राज्यको ध्यानाकर्षण गराउनका लागि सम्मेलनका सहभागीलाई आयोजनाको मुहान क्षेत्रमा अवलोकन भ्रमण गाराउने जिल्ला समन्वय समिति प्रमुख तामाङले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।