दशैँ मनाउन आठ लाख जना यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिए
असोज २४, २०८१ बिहिबार
रुकुम पश्चिम – भूकम्प प्रभावित रुकुम पश्चिमको आठविसकोट नगरपालिका क्षेत्रको सडक स्तरोन्नति शुरू भएको छ । नगरपालिकामा भूकम्पबाट बढी प्रभावित चार वटा वडाका स्थानीयवासीलाई लक्षित गरी सडक स्तरोन्नति शुरू भएको हो ।
बेलायती राजदूतावास काठमाण्डाैकाे आर्थिक सहयोग तथा विश्व खाद्य कार्यक्रम र सप्रोस नेपालको सहकार्यमा सञ्चालित ‘सामुदायिक पूर्वाधार उत्थानशीलता तथा खाद्य सुरक्षा अभिवृद्धि परियोजना’ अन्तर्गत प्रभावित क्षेत्रमा सडक स्तरोन्नति शुरू गरिएको आठविसकोट नगरपालिकाले जनाएको छ ।
प्रभावित क्षेत्रका वडा नम्बर ११, १२, १३ र १४ का गरिब तथा विपन्न नागरिकलाई छनोट गरी कामका लागि नगद, तालिमका लागि नगद र निःशर्त नगद सहायता कार्यक्रमअन्तर्गत रोजगारी प्रदान गरेको आठविसकोटका मेयर रवि केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कामका लागि छनोट भएका कामदारले सडक स्तरोन्नतिको काम गर्नेछन् । तालिमका लागि छनोट भएकाले तालिम सिकेर प्रभावित क्षेत्रमा काम गर्नेछन् । निःशर्त नगद सहायता कार्यक्रममा छनोट भएका अपाङ्गता तथा अशक्त व्यक्तिले काम नगरेरै सहायता रकम प्राप्त गर्नेछन् । दुई किस्तामा ३६ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
कामका लागि नगद कार्यक्रमअन्तर्गत १८ देखि ५९ वर्ष उमेर समूहका तथा विश्व खाद्य कार्यक्रमको कार्ड भएका लाभग्राहीले काम गर्न पाउने विश्व खाद्य कार्यक्रमका प्रतिनिधि मुकेशकुमार शर्माले बताउनुभयो । चार वटा वडाका दुई हजार एक सय जना सर्वसाधारण लाभान्वित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।