कैलालीको खुटिया नदीमा जैविक तटबन्धको काम शुरू

 भदौ २६, २०८१ बुधबार १२:५६:२८ | रासस
unn.prixa.net

कैलाली – कैलालीको धनगढी उपमहानगरपालिकाले खुटिया नदीमा जैविक तटबन्ध गर्न शुरू गरेको छ । उपमहानगरले डुबान र कटानलाई मध्यनजर गर्दै खुटिया नदी किनारमा जैविक तटबन्ध गर्न थालेको हो ।

उपमहानगरका वडा नम्बर ७, १२, १५ र १७ भएर बग्ने खुटिया नदीमा बर्खाको समयमा सधै दोहोरिने डुबान र कटानको समस्या रोक्नका लागि जैविक तटबन्ध शुरू गरिएको मेयर गोपाल हमालले जानकारी दिनुभयो । उहाँले यस वर्ष खुटिया नदी किनारको ३० किलोमिटर क्षेत्रमा छ हजार चाप जातको बाँस, छ हजार छ सय अम्रिसो र छ हजार छ सय नेपियरका बिरुवा रोप्ने लक्ष्य रहेको बताउनुभयो ।

मेयर हमालले जैविक तटबन्धबाट भूक्षय रोकिनुका साथै पर्यावरणमा स्वच्छता आउने र बाँसका बोट हुर्केपछि त्यसबाट स्थानीय समुदायले लाभ लिनसक्ने अपेक्षासहित काम अगाडि बढाइएको जानकारी दिनुभयो । खुटिया नदीमा आउने बाढीले वर्षेनि उपमहानगरका विभिन्न वडामा डुबान र कटानको समस्या हुँदै आएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया