गाजाको एक विद्यालयमा इजरायली सेनाको बम आक्रमण

 भदौ २७, २०८१ बिहीबार ९:२९:२८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

संयुक्त राष्ट्रसङ्घले गाजामा  सञ्चालन गरेको एक विद्यालयमा इजरायली सेनाले आक्रमण गर्दा १८ जनाको ज्यान गएको छ । मध्य गाजामा रहेको अल–जाउनी विद्यालयमा बम आक्रमण हुँदा राष्ट्रसङ्घका ६ जना कर्मचारीसहित १८ जनाको ज्यान गएको हो ।

घटना लगत्तै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा संयुक्त राष्ट्र सङ्घका कर्मचारी र मानवीय सहायताकर्मीको हत्याको जवाफदेहिता नहुनु पूर्णरूपमा अस्वीकार्य भएको बताउनुभएको छ ।

गाजामा इजरायलले आक्रमण शुरु गरेयता ११ महिनामा एउटै घटनामा सबैभन्दा धेरै राष्ट्रसङ्घका कर्मचारीको ज्यान गएको यो पहिलो घटना रहेको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ ।

यसैबीच, विद्रोही समूह हमासले मध्यस्थकर्ताहरूलाई अमेरिकाले प्रस्ताव गरेको, संयुक्त राष्ट्रसङ्घले समर्थन गरेको युद्धविराम प्रस्तावलाई कुनै पनि पक्षबाट कुनै नयाँ शर्तबिना कार्यान्वयन गर्न तयार रहेको बताएको छ । 
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया