लघुवित्त र सहकारी क्षेत्रको समस्याका कारण बीमाको पहुँच घट्यो

 भदौ २७, २०८१ बिहीबार १२:३२:७ | रासस
unn.prixa.net

पर्सा – नेपाल बीमा प्राधिकरणले गएको आर्थिक वर्षमा देशभरिमा बीमाको पहुँच विस्तारमा एक दशमलव ११ प्रतिशतले कमी आएको जनाएको छ । आर्थिक वर्ष २०७९/८० सम्म कूल जनसङ्ख्याको ४४ दशमलव ३८ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो । आर्थिक वर्ष  २०८०/८१ मा विमाको पहुँचमा हुने जनसङ्ख्या ४३ दशमलव २७ प्रतिशतमा सीमित भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा मात्रै एक दशमलव ११ प्रतिशतले बीमाको पहुँचको दायरा खुम्चिएको प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले जानकारी दिनुभयो । उहाँले बीमाको दायरा खुम्चिनुमा लघुवित्त र सहकारी क्षेत्रमा देखापरेको सङ्कट प्रमुख कारण रहेको बताउनुभयो । लघुवित्त र सहकारीले नियमित रुपमा गर्दै आइरहेको बीमालाई निरन्तरता दिन नसक्दा झिनो प्रतिशतले पहुँच घटेको उहाँको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा कूल जीवनबीमा शुल्कमा भने वृद्धि भएको बीमा प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा जीवनबीमा शुल्क  एक खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ  सङ्कलन भएको थियो ।

गएको आर्थिक वर्षमा एक खर्ब ५६ अर्ब ५० करोड रुपैयाँ सङ्कलन भएको छ । कूल निर्जीवन बीमा  शुल्क पनि दुई दशमलव ८० प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया