वालिङलाई हराउँदै एपीएफ 'एन्फा महिला फुटबल लिग' काे दोश्रो स्थानमा

 भदौ २७, २०८१ बिहीबार १७:५१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा आज भएका खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दोश्रो खेलमा सशस्त्रले वालिङ फुटबल क्लबलाई २–१ गोलले हराएको हो ।

सशस्त्रका लागि रेनुका नगरकोटी र रश्मीकुमारी घिसिङले समान एक गोल गरे । यस्तै वालिङका लागि चिसी नानटोङ्गोले एक गोल गरिन् । यो जीतसँगै सशस्त्रले चार खेलबाट १० अङ्क बनाएर तालिको दोश्रो स्थानमा उक्लिएको छ । समान खेल खलेको वालिङ छ अङ्ककासहित तालिकाको पाँचौ स्थानमा रहेको छ ।

आजै भएको पहिलो खेलमा आर्मीले बागमतीलाई ३–० गोलले हरायो । आर्मीको जीतमा बिमला चौधरी, अमिशा कार्की र सन्जी थिङले समान एक गोल गरे । आर्मी चार खेलबाट नौ अङ्कसहित तालिकाको तेश्रो स्थानमा छ ।

समान खेल खेलेको बाग्मतीले एउटा मात्रै खेल जितेको छ । बागमती तीन अङ्कसहित तालिकाको सातौं स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया