इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान शुरु

 भदौ २७, २०८१ बिहीबार १८:२४:३५ | रासस
unn.prixa.net

फाइल फाेटाे

इलाम – इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान शुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुन उडान शुरु भएको हो । गएको बिहीवार नै उडान भर्ने भनिए पनि यात्रु नपाएर उडान भएको थिएन ।

यात्रु पाएसँगै आज बिहानबाट उडान शुरु भएको नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इलामका इन्चार्ज दिनेश सुन्दासले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौबाट इलामका लागि छ जना यात्रु लिएर आएको जहाज काठमाण्डौका लागि आठ जना यात्रु लिएर फर्किएको छ ।

अब रहेक बिहीवार नियमित उडान हुनेछ । बर्खा लाखेसँगै खराब मौसमका कारण साढे तीन महिनादेखि नभएको उडान शुरु भएसँगै यात्रुलाई सहज भएको छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया