एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम र चन्द्रपुरबीच खेल हुँदै

 भदौ २८, २०८१ शुक्रबार १३:१३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र चन्द्रपुर नगरपालिकाबीच खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे शुरू हुनेछ । यसअघि हिजो भएका खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

सशस्त्रले वालिङ फुटबल क्लबलाई हराएको हो भने आर्मीले बाग्मतीलाई हराएको हो । प्रतियोगितामा नेपाल पुलिस क्लब ४ खेलमा १० अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ । कोशी ४ खेलमा ९ अङ्कसहित दोस्रो स्थानमा छ ।

आर्मी चार खेलबाट नौ अङ्कसहित तालिकाको तेश्रो स्थानमा छ । १० टोली सहभागी लिगको शीर्ष ५ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया