दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश

 भदौ २८, २०८१ शुक्रबार १५:७:४६ | एजेन्सी
unn.prixa.net

एजेन्सी /फाइल फाेटाे

भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतले केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । रक्सीसम्बन्धी अन्तःशुल्क नीतिमा भएको घोटालामा उहाँ पक्राउ पर्नुभएको थियो ।

मुख्यमन्त्री केजरीवाललाई केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले पक्राउ गरेपछि उहाँले सर्वोच्च अदालतमा पुनरावेदन गर्नुभएको थियो । सर्वोच्चका न्यायाधीशद्वय सूर्यकान्त र उज्जल भुइयाँको इजलासले केजरीवाललाई रिहा गर्न आदेश दिएको हो । भारतीय समाचार संस्था पीटीआईका अनुसार न्यायाधीशले धरौटीमा रिहा गर्न सीबीआईलाई आदेश दिएका हुन् ।

दिल्ली सरकारमाथि सन् २०२१/२२ को अन्तःशुल्क नीतिमा भ्रष्टाचारको आरोप छ । तर यो नीति अहिले खारेज भइसकेको छ । यसैबीच अदालतको आदेशपछि आम आदमी पार्टीले सत्यको जीत भएको प्रतिक्रिया दिएको छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया