जलन उपचारका लागि एक लाख रुपैयाँ सहायता दिने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

 भदौ २८, २०८१ शुक्रबार १५:२६:५५ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जलन उपचारका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ । काठमाण्डौको वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको आज शुभारम्भ गर्दै मन्त्री पौडेलले जलन उपचारका लागि पनि तत्काल एक लाख आर्थिक सहयोग उपलब्ध गराउने बताउनुभएको हो ।

सरकारले क्यान्सर, मृगौलालगायतका रोगका बिरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अब जलनका बिरामीका पनि त्यो व्यवस्था तत्काल गर्ने मन्त्री पौडेलको प्रतिवद्धता छ । स्वास्थ्यमन्त्री पौडेलले उपचारको अभावमा जलनमा परेकाले ज्यान गुमाउनुपर्ने अवस्था रहेकोमा सरकारले उपचारका लागि केन्द्र स्थापना गरेको बताउनुभयो ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया