एन्फा महिला लिग फुटबलमा चन्द्रपुरले सुदूरपश्चिमलाई हरायो

 भदौ २८, २०८१ शुक्रबार १७:२१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा आज भएको खेलमा झापाको चन्द्रपुर नगरपालिकाले सुदूरपश्चिम प्रदेशलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चन्द्रपुरले सुदूरपश्चिमलाई ४–० गोलले हराएको हो ।

चन्द्रपुरका लागि अनिता रानामगर, रजनी थोकर, एलिना चौधरी र सजनी थोकरले समान एक गोल गरे । यो जीतसँगै चन्द्रपुर चार खेलबाट पाँच अङ्कसहित तालिकाको छैठौं स्थानमा उक्लिएको छ ।

समान खेल खेलेको सुदूरपश्चिमले अहिलेसम्म प्रतियोगितामा एक खेल पनि जित्न सकेको छैन । सुदूरपश्चिम तालिकाको पुछारमा रहेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा १० टोली सहभागी लिगको शीर्ष पाँच टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया