अमेरिकाले चिनियाँ विद्युतीय गाडी (ईभी) को शुल्क वृद्धिलाई अन्तिम रूप दियो

 भदौ २९, २०८१ शनिबार ६:३१:३७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाले चिनियाँ विद्युतीय गाडी (ईभी) मा गरेको शुल्क वृद्धिलाई अन्तिम रुप दिएको छ । विद्युतीय गाडी (ईभी) मा सतप्रतिशत र ईभी बेट्रीमा २५ प्रतिशतसम्म वृद्धि भएको शुल्क दुई हप्तापछि लागू हुनेछ ।

ह्वाइट हाउसले इभी, सेमीकन्डक्टर, बेट्री र सोलार सेललगायत प्रमुख क्षेत्रलाई लक्षित गर्दै गएको मे महिनामा शुल्क वृद्धिको घोषणा गरेको थियो । शुल्क वृद्धिको पछिल्लो घोषणा अमेरिकामा आउँदो नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय चुनावअघि भएको हो ।

अमेरिकाले चिनियाँ गाडी तथा सामानमा गरेको शुल्क वृद्धिलाई लिएर बेइजिङले कठोर प्रतिक्रिया जनाएको थियो । तर अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताईले विज्ञप्तिमा शुल्कवृद्धिले अमेरिकी श्रमिक र व्यवसायलाई प्रभावित गरिरहेको चीनको नीति र अभ्यासलाई लक्षित गर्ने उल्लेख गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

यसै वर्षदेखि लागू हुने शुल्क वृद्धिबाहेक अमेरिकी व्यापार प्रतिनिधिको कार्यालले सन् २०२५ देखि लागू हुनेगरी सेमीकन्डक्टरमा पनि ५० प्रतिशत शुल्क लगाइने घोषणा गरेको छ । 
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया