नेपाल प्रिमियर लिगको लागि ८ मार्की खेलाडी आबद्ध टोली छनौट

 भदौ २९, २०८१ शनिबार १८:३४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संकरणका लागि मार्की खेलाडी आबद्ध टोलीको छनौट भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज काठमाण्डौमा गोला प्रथामार्फत खेलाडी आबद्ध भएको टोली घोषणा भएको हो ।

यसअघि हिजो क्यानले आठ जना मार्की खेलाडीको सूची सार्वजनिक गरेको थियो । त्यही सूचीअनुसार आज भएको लक्की ‘ड्र’ मा राष्ट्रिय टीमका कप्तान रोहित पौडेल लुम्बिनीको मार्की खेलाडी बनेका छन् । यस्तै सन्दीप लामिछाने विराटनगर, कुशल भुर्तेल पोखरा, कुशल मल्ल चितवन, करण केसी काठमाण्डौ, आसिफ शेख जनकपुर, दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम र सोमपाल कामी कर्णालीका मार्की खेलाडी बनेका छन् ।

मार्की खेलाडीको न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । पहिलो संस्करणको एनपीएल आउँदो मंसिर १५ देखि पुस ६ सम्म काठमाण्डौमा हुँदैछ । क्यानले एनपिएल पहिलो पटक आफैंले आयोजना गर्न लागेको हो । क्यानले लिगको टोली र मार्की खेलाडी घोषणा गरेसँगै अब खेलाडी आबद्ध गर्न अक्सन गर्नेछ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया