अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – एन्फा महिला फुटबल लिगमा आज एपीएफ क्लब विजयी भएको छ भने झापाकाे चन्द्रपुर नगरपालिका र बागमती युथ क्लबले बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मदैनमा भएको पहिलो खेलमा एपीएफ क्लबले कर्णाली प्रदेशलाई ६–० गोलले हरायो ।
एपीएफका लागि रश्मीकुमारी घिसिङले दुई तथा निशा थोकर, गीता रानामगर, हिमा रावत र वर्षा ओलीले समान एक गोल गरे । यो जीतसँगै एपीएफ पाँच खेलमा १३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । समान खेल खेलेको कर्णाली एक अङ्कका साथ नवौं स्थानमा छ ।
आजै भएको दोश्रो खेलमा झापाको चन्द्रपुर नगरपालिका र बागमती युथ क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । चन्द्रपुर पाँच खेलमा छ अङ्कसहित तालिकाको छैठौं स्थानमा छ । समान खेल खेलेको बागमती चार अङ्कका साथ आठौं स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको लिगमा १० टोली सहभागी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।