कर्मचारी सञ्चय कोषको ६३ औँ वार्षिकोत्सव आज, कारोबार बन्द हुने

 भदौ ३१, २०८१ सोमबार ९:१२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाणडौ – कर्मचारी सञ्चय कोषले आज ६३ औँ वार्षिकोत्सव मनाउँदैछ । वार्षिकोत्सवको अवसरमा कार्यक्रम हुने भएकाले आज एक दिन कारोबारसमेत बन्द हुने कोषले जनाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बेलुका ४ बजे हुने कार्यक्रममा कोषका पूर्वकर्मचारीलाई निमन्त्रणा गरिएको छ ।

कर्मचारी सञ्चय कोषले सेवारत सञ्चयकर्तालाई केही सहायता दिने गरी सहुलियतपूर्ण कर्जाहरु दिने गरेको छ । बजारमा चलेको भन्दा सहुलियतामा कर्जा दिने गरेको कोषका प्रशासक जितेन्द्र धितालले बताउनुभयो । कोषले घर सापटी र मर्मत कर्जा, बालबालिका अध्ययन कर्जा, जग्गा खरिदलाई कर्जा दिने गरेको छ ।

यस्तै कोषले सामाजिक सुरक्षाका सुविधाहरु पनि उपलब्ध गराउने गरेको छ । सञ्चयकर्ता बिरामी हुँदा उपचार, दुर्घटनामा क्षतिपूर्ति, सुत्केरी खर्च, सञ्चयकर्ताको ज्यान गएमा परिवारका लागि खर्च दिने लगायतका सुविधाहरु कोषले दिँदै आएको  प्रशासक जितेन्द्र धितालले जानकारी दिनुभयो । सञ्चय कोष योगदानकर्ता साढे पाँच लाख भन्दा धेरै पुगेका छन् । 
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया