चितवनमा ५ सय मेट्रिक टन मह किसानकाे घरमै थन्कियाे

 भदौ ३१, २०८१ सोमबार १२:९:२ | रासस
unn.prixa.net

चितवन – चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको सहयोगमा चितवनमा उत्पादन गरिएको महलाई 'ब्रान्डिङ' गरेर बजारमा ल्याइएको छ । तर महले बजार नपाएर किसानको घरमै थन्किने अवस्था आएको कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले बताउनुभयो ।

वार्षिक ६ टन मह उत्पादन गर्दै आउनुभएका पौडेलले व्यावसायिक रूपमा मह उत्पादन गर्न थाले पनि बजार नपाउने समस्याले किसान थलिएकाले बजार व्यवस्थापनका लागि सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।

नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका पौडेलले चितवनमा ३० हजार बढी मौरीका घारबाट वार्षिक आठ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादित महमध्ये अहिले पाँच सय मेट्रिक टन मह बिक्री हुन नसकेर किसानको घरमा थन्किएको छ । फेरि मह निकाल्ने समय भए पनि पुरानो मह बिक्री नहुँदा किसान चिन्तित छन् ।

गएको वैशाखदेखि सरकारले मह आयात रोक्दा केही सहज भएको भए पनि पुनः आयात खुलाउन व्यवसायी लाग्दा किसान समस्यामा पर्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया