सुदूरपश्चिमका ६ जिल्लामा ४ हजार वटा इन्डक्शन चुलो अनुदानमा उपलब्ध गराइने

 भदौ ३१, २०८१ सोमबार १५:३५:१७ | रासस
unn.prixa.net

फाइल फाेटाे

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा ४ हजार वटा इन्डक्शन चुलो अनुदानमा उपलब्ध गराइने भएको छ । स्वदेशी विद्युतीय ऊर्जाको खपत बढाएर वातावरण सन्तुलित बनाउनका लागि विद्युतीय चुलो प्रवर्द्धन परियोजनाअन्तर्गत सामाजिक चेतना सङ्घ (साडा) संस्थाले चुलो उपलब्ध गराउन लागेको हो ।

संस्थाका कार्यक्रम संयोजक शङ्करदत्त अवस्थीले दार्चुलाको महाकाली, शैल्यशिखर, बैतडीको दशरथचन्द पाटन, डिलाशैनी, बझाङको केदारस्यूँ, जयपृथ्वी, डडेल्धुराको अमरगढी, अजयमेरु, भागेश्वर, परशुराम, गन्यापधुरा, नवदुर्गा, कैलालीको धनगढी, गोदावरी र कञ्चनपुरको भीमदत्त बेदकोट, शुक्लाफाँटा, बेलडाँडीलगायत कार्यक्रम सञ्चालनमा रहेका पालिकामा इन्डक्शन चुलो उपलब्ध गराउन लागिएको जानकारी दिनुभयो । हरेक चुलोको लागत पाँच हजार पर्ने गरेकाेमा दुई हजार एक सय ५० रुपैयाँ रकम अनुदान दिने उहाँले बताउनुभएको छ ।

कार्यक्रम संयोजक अवस्थीले एकल महिला, दलित, सीमान्तकृत तथा विपन्न घरधुरीलाई विपन्नता पहिचानको आधारमा थप अनुदान दिइने पनि बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रमा अझै पनि ७५ प्रतिशत घरघुरीमा खाना पकाउनका लागि दाउरा, गुइँठा आदिको प्रयोग भइरहेको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया