काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा पुलिसको लगातार दोस्रो जीत

 भदौ ३१, २०८१ सोमबार १८:८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जीत हात पारेको छ ।

माल्दिभ्सको मालेमा आज भएको खेलमा पुलिस क्लबले श्रीलङ्काको श्रीलङ्कन एअर फोर्सलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२१ ले जित्यो ।

पुलिस क्लबले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो । अब पुलिसले तेस्रो खेलमा भोलि ताजकिस्तानको क्लब र चौथो तथा समूह चरणको अन्तिम खेलमा बिहीवार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया