विश्वकप क्रिकेट लिग–२ : नेपाल र क्यानडाबीचको खेल एक घण्टा ढिला शुरू हुने

 भदौ ३१, २०८१ सोमबार १७:१८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खलाअन्तर्गत नेपाल र क्यानडाबीचको खेल पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिला शुरू हुने भएको छ ।

क्यानडाको किङ्ग सिटीमा हुने खेल राति पौने ९ बजे शुरू हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।  यसअघि यो खेल राति पौने ८ बजे शुरू हुने तय भएको थियो ।

क्यानडामा हुने त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टोली क्यानडा, नेपाल र ओमान छन् । आजदेखि शुरू हुन लागेको शृङ्खलामा नेपालले दोस्रो खेलमा पर्सि असोज २ गते ओमानसँग, तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ ।

एकदिवसीय शृङ्खलापछि यही तीन वटा टोलीबीच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि हुनेछ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया