एन्फा महिला लिगमा सुदूरपश्चिमको लगातार पाँचौं हार, वालिङसँग पराजित

 भदौ ३१, २०८१ सोमबार १८:१९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले तेस्रो जीत हात पारेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा वालिङले सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हरायो । वालिङका लागि भिओला नमुद्दुले ह्याट्रिक तथा ज्याकलिन नसाली र सुष्मा तामाङले समान १ गोल गरिन् । सुदूरपश्चिमकी ऋतिका कार्कीले १ गोल फर्काइन् ।

यो जीतसँगै वालिङ ५ खेलमा ९ अङ्कसहित तालिकाको पाँचाैं स्थानमा छ । सुदूरपश्चिम ५ वटै खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया