संकटालाई ४–१ ले हराउँदै ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लियो आर्मी

 मंसिर १०, २०७५ सोमबार १३:४४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई चार–एकले हराउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

यसका साथै संकटाको अपराजित यात्रामा पनि आर्मीले ब्रेक लगाएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आर्मीको जितमा टेकबहादुर बुढाथोकीले दुई गोल गरे । सुरुवाति तीन खेलमा निकै प्रभावशाली प्रदर्शन गरेको संकटा आर्मीविरुद्ध भने निकै फितलो रह्यो । त्यसो त संकटाले एक गोलको अग्रता जोगाउन सकेन । खेलको नौ मिनेटमा संकटाले विदेशी खेलाडी इलोन म्याक्सवेलको गोलमार्फत अग्रता बनाएको थियो ।

तर १७ औँ मिनेटमा आर्मीले खेल बराबरी गर्यो । उसका टेकबहादुर बुढाथोकीले गोल गर्न सफल भए । आक्रामक फुटबल खेलेका दुवै टिमले त्यसपछि पनि केही मुभ बनाएका थिए । जसमा आर्मीले ३० औँ मिनेटमा अर्को गोल थप्यो । यसपटक आर्मीका लागि भरत खवासले गोल गरे । मुख्य स्ट्राइकर नवयुग श्रेष्ठ र प्रिन्सजर्ज कार्कीबिना नै मैदानमा उत्रिएको आर्मी दोस्रो हाफमा झन आक्रामक फुटबल खेल्यो । संकटाले पनि दोस्रो हाफको सुरुवातमा नै पेनाल्टीको अवसर पाएको थियो । तर त्यो पेनाल्टीलाई अमित तामाङले सदुपयोग गर्न सकेनन् । त्यसको विपरीत आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्‍याे । 

खेलको ६३ औँ मिनेटमा सन्तोष तामाङले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै आर्मीलाई तीन –एकको अवस्थामा पुर्‍याए । त्यसपछि ६६ औँ मिनेटमा आर्मीले चौथो गोल थप्यो । यसपटक फेरि टेकबहादुर बुढाथोकीले गोल गरे । त्यसपछि ७७ औँ मिनेटमा दिनेश हेम्जनले संकटाको डिफेन्सको गल्तीको फाइदा उठाउँदै टिमका लागि पाँचौ गोल गरे । 

जितसँगै आर्मीले चार खेलबाट १० अंक बनाउदै शीर्ष स्थानमा उक्लिएको छ ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया