सिटी एक्सप्रेसको दशैँ–तिहार योजना : ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’

 भदौ ३१, २०८१ सोमबार १८:३०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरूको महान् चाड २०८१ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा उपहार याेजना सार्वजनिक गरेकाे छ ।

सिटी एक्सप्रेसले आफ्ना ग्राहकवर्गसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत 'लक्की ड्र' मार्फत हरेक महिना २ जनालाई सामसङको स्मार्टफोन, हरेक हप्ता २ जनालाई सामसङको स्मार्ट टिभीका साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेतालाई जनही ५ सय रुपैयाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउनेछन् ।

कम्पनीका अनुसार याे याेजना असोज १ गतेदेखि मङ्सिर ३० गतेसम्म लागू हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सेवाग्राही यो उपहार योजनामा सहभागी हुन पाउनेछन् । यस उपहारको विजेता छनाेट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले भर्खरै सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा शुरू गरेकाे छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया