१७ वर्षमुनिको साफ च्याम्पियनशिप र २० वर्षमुनिको एशियन कप छनोट खेल्न जाने टोलीको बिदाइ

 असोज १, २०८१ मंगलबार १८:४२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १७ वर्षमुनिको साफ च्याम्पियनशिप २० वर्षमुनिको एशियन कप फुटबल छनोट खेल्न जाने नेपाली युवा टोलीको बिदाइ गरेको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा र प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधारलगायतले नेपाली टोलीको बिदाइ गरेका हुन् ।

यही सेप्टेम्बर २० देखि ३० सम्म भुटानको राजधानी थिम्पुमा १७ वर्षमुनिको साफ च्याम्पिपयनशिप हुँदैछ । नेपाल रहेको समूह ‘बी’ आयोजक भुटानसहित पाकिस्तान र श्रीलङ्काका छन् । यस्तै समूह ‘ए’ मा भारत, माल्दिभ्स र बङ्गलादेश छन् ।

यसैगरी यही सेप्टेम्बर २१ देखि २९ सम्म चाइनिज ताइपेईमा २० वर्षमुनिको एएफसी एशियन कप छनोट हुँदैछ । एशियन कप छनोटमा नेपाल रहेको समूह ‘बी’ मा आयोजक चाइनिज ताइपेईसहित उज्वेकिस्तान, बहराइन र कम्बोडिया छन् ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया