इङ्गल्यान्डका लिभिङ्गस्टोन बने विश्वको नम्बर एक टी–२० अलराउन्डर

 असोज २, २०८१ बुधबार १८:३२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्रिकइन्फाे

काठमाण्डाै – इङ्गल्यान्डका लायम लिभिङ्गस्टोन टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा आइपुगेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा लिभिङ्गस्टोन एकैपटक ७ स्थान सुधार गर्दै शीर्ष स्थानमा आइपुगेका हुन् । यो वरीयतामा अस्ट्रेलियाका मार्कस स्टोइनिस र जिम्बावेका सिकन्दर राजा समान १ स्थान तल झर्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा झरेका छन् । नेपालका दीपेन्द्रसिंह ऐरी १ स्थान तल झर्दै आठौं स्थानमा झरेका छन् ।

यस्तै टी–२० ब्याटिङ वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष, भारतका सूर्यकुमार यादव दोस्रो र इङ्गल्यान्डका फिल साल्ट तेस्रो स्थानमा यथावत् छन् । यो वरीयतामा दीपेन्द्रसिंह ऐरी १ स्थान तल झर्दै ४६ औं स्थानमा झरेका छन् ।

यस्तै टी–२० बलिङ वरीयतामा इङ्गल्यान्डका आदिल रशिद शीर्ष, वेस्ट इन्जिडका अकेल होसेन दोस्रो र अफगानिस्तानका रशिद खान तेस्रो स्थानमा यथावत् छन् । यो वरीयतामा नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी समान १ स्थान तल झर्दै क्रमशः ९४ औं र ९८ औं स्थानमा झरेका छन् ।

यस्तै टी–२० टिम वरीयतामा भारत, अस्ट्रेलिया र वेस्ट इन्डिज क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा यथावत् छन् ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया