च्याम्पियन्स लिगमा पीएसजी, डर्टमन्ड विजयी : म्यानचेस्टर सिटी र इन्टर मिलानबीच गोलरहित बराबरी

 असोज ३, २०८१ बिहीबार ६:१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – युरोपेली च्याम्पियन्स लिग फुटबलमा स्पार्टा प्राहा, पेरिस सेन्ट जर्मेइन (पीएसजी), बोरुसिया डर्टमन्ड र सेल्टिक विजयी भएका छन् ।

गएराति भएका खेलमा स्पार्टा प्राहाले आरबी साल्जबर्गलाई ३–०, पीएसजीले गिरोनालाई १–०, डर्टमन्डले क्लब बुर्गीलाई ३–० र सेल्टिकले स्लोभान ब्राटिस्लाभालाई ५–१ गोलले हरायो । यस्तै बोलोग्ना र शाक्तर डोनेत्स्क र म्यानचेस्टर सिटी र इन्टन मिलानले भने गोलरहित बराबरी खेलेका छन् ।

च्याम्पियन्स लिगमा आज पनि ६ वटा खेल हुँदैछन् । ३६ वटा टोली सहभागी प्रतियोगितामा बार्यन म्युनिख शीर्ष, सेल्टिक दोस्रो र एस्टन भिला तेस्रो स्थानमा छन् ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया