अफगानिस्तानले दक्षिण अफ्रिकालाई पहिलाे पटक हरायाे

 असोज ३, २०८१ बिहीबार ९:११:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

काठमाण्डाै – दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले ऐतिहासिक जीत हात पारेको छ । अफगानिस्ताने अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकालाई पहिलो पटक हराएको हो ।  योसँगै अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा भारतबाहेक सबै पूर्ण सदस्य टोलीलाई पराजित गरेको छ ।

यूएईको शारजाह क्रिकेट स्टेडियममा गएराति भएको खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ६ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको १ सय ७ रनको लक्ष्य अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाएर भेटायो । अफगानिस्तानका गुलबदिन नइबले नटआउट ३४ र अजमतुल्लाह ओमरजाईले नटआउट २५ रन बनाए । दक्षिण अफ्रिकाका बिजोर्न फर्टुनले २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ३३ ओभर ३ बलमा १ सय ६ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका वायन मुल्डेरले सर्वाधिक ५२ रन बनाए । अफगानिस्तानका फजलहक फरूकीले ४ विकेट लिए ।

अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको ३ खेलको एकदिवसीय शृङ्खलाको दोस्रो खेल भोलि र अन्तिम खेल आउँदो आइतवार हुनेछ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया