एन्फा महिला लिगमा एपीएफ क्लब र कोशी प्रदेश तथा त्रिभुवन आर्मी र चन्द्रपुर नगरपालिका खेल्दै

 असोज ४, २०८१ शुक्रबार ११:१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डौ – एन्फा महिला लिगमा आजदेखि सातौँ चरणका खेल शुरु हुँदैछन् । सातौँ चरणको पहिलो खेलमा आज विभागीय टोली एपीएफ क्लबले कोशी प्रदशेसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो साढे १२ बजे सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा शुरु हुनेछ । एपीएफ छैठौँ चरणसम्म अपराजित रहँदै ५ खेलमा जीत र एक खेलमा बराबरी खेल्दै १६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

यस्तै कोशी प्रदेश तीन खेलमा जीत र एक खेलमा बराबरी खेल्दै १० अङ्कका साथ पाँचौँ स्थानमा छ । प्रतियोगिताअन्तर्गत आजै अर्को विभागीय टोली त्रिभुवन आर्मी र चन्द्रपुर नगरपालिकाबीच खेल हुनेछ ।

प्रतियोगितामा एक खेलमा पराजित आर्मीले एक खेलमा बराबरी गरेको छ । उसले चार खेल जितेको छ । आर्मी १३ अङ्कका साथ दोस्रो स्थानमा छ । ६ खेलमा १ जीत एक हार र चार खेलमा बराबरी खेलेको चन्द्रपुर नगरपालिका ७ अङेकका साथ छैठौँ स्थानमा छ ।

१० टोली सहभागी प्रतियोगितामा नेपाल पुलिस र वालिङ नगरपालिका अङ्क तालिकामा क्रमशः तेस्रो र चौथो स्थानमा छन् । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया