रश्मी घिसिङले ५ गाेल गर्दा काेशीमाथि एपीएफकाे फराकिलाे जीत

 असोज ४, २०८१ शुक्रबार १५:३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एन्फा

काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफले कोशीलाई ८–० गोलले हरायो । पहिलो हाफमा २ गोल गरेको एपीएफले दोस्रो हाफमा थप ६ गोल गर्‍याे । एफीएफका लागि रश्मीकुमारी घिसिङले ५ गोल गरिन् । यस्तै अनिता बस्नेतले २ र अनिता केसीले १ गोल गरे ।

यो जीतसँगै एपीएफले अपराजित यात्रा कायमै राखेको छ । एपीएफ ७ खेलमा १९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । कोशी ७ नै खेलमा १० अङ्कसहित पाँचौं स्थानमा छ ।

एन्फा महिला लिगमा आजै त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिका खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्सको मैदानमा अहिले दिउँसो साढे ३ बजे खेल्दैछन् । आर्मी तालिकाको दोस्रो र चन्द्रपुर छैटौं स्थानमा छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया