मुस्ताङको लोमान्थाङमै स्याउ फल्न थाल्याे

 असोज ४, २०८१ शुक्रबार १५:११:१० | रासस
unn.prixa.net

तस्वीर : रासस

मुस्ताङ – मुस्ताङको उपल्लो क्षेत्रमा पर्ने लोमान्थाङमा स्याउ फल्न थालेको छ । ३२ वर्षदेखि कागबेनीमा रहेको जनशान्ति माध्यमिक विद्यालयमा पढाउँदै आउनुभएका नारायण पौडेल यसअघि प्रशस्त स्याउन फल्ने लेते–घाँसामा स्याउ बगान मासिएको र लोमान्थाङमा राम्रोसँग फल्न थालेको बताउनुहुन्छ ।

एक दशक अघिसम्म पनि जोमसोम र मार्फाबाट स्याउ किनेर लैजाने लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ घाराकी छेमा गुरुङले अहिले तीन हजार नौ सय मिटर उचाइमा रहेको घारा गाउँको बगैँचामा स्याउ फलेको बताउनुहुन्छ ।

तल्लो क्षेत्रमा नासिँदै गएको स्याउ खेती माथिल्लो भेगमा फैलिँदै र फस्टाउन थालेको छ । स्याउ खेती हुन छाडेपछि लेते, कुञ्जो, कोवाङ, घासाँका किसानहरूले विकल्पमा ओखर खेती गर्न थालेका छन् । मुस्ताङमा स्याउ खेती उकालो चढ्दै गएको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका प्रमुख पद्यमनाथ आत्रेयले बताउनुभयो ।

यसअघि समुद्री सतहबाट दुई हजारदेखि तीन हजार मिटरको उचाइको भूगोलमा स्याउ खेती हुने गरेकोमा अहिले चार हजार मिटरसम्म स्याउ फल्न थालेको छ । तर दुई हजार मिटर आसपासमा भने स्याउ खेती मासिएको छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया