आर्मीले चन्द्रपुरलाई १० गाेलले हरायाे, चन्द्रा र अमिशाकाे ह्याट्रिक

 असोज ४, २०८१ शुक्रबार १८:१२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एन्फा

काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले राैतहटकाे चन्द्रपुर नगरपालिकालाई हराएकाे छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दाेस्राे खेलमा आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई १०–० गोलले हराएको छ । पहिलो हाफमा ५ गोल गरेको आर्मीले दोस्रो हाफमा थप ५ गोल गर्‍याे । आर्मीकी चन्द्रा भण्डारी र अमिशा कार्कीले ह्याट्रिक गरिन् । यस्तै हिमा चौधरी, दीपा शाही, अञ्जना राना मगर र शर्मिला थापा मगरले समान १ गोल गरे ।

यो जीतसँगै आर्मी ७ खेलमा १६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । चन्द्रपुर ७ खेलमा ७ अङ्कसहित छैटौं स्थानमा छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया