एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी

 असोज ५, २०८१ शनिबार ६:३१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

करातेकी एरिका गुरुङले अर्को इतिहास रचेकी छन् । गएको वर्ष १९ औं एसियाली खेलकुदमा रजत जितेकी एरिका २० औं एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुगेर इतिहास रचेकी हुन् । उनले कम्तीमा रजत पदक पक्का गरेकी छन् ।

नेपाली खेलाडी एसियन च्याम्पियनसिपको फाइनलमा पुगेको यो पहिलो पटक हो । एरिकाले प्रि–क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४–० ले हराइन् । गएको वर्ष एसियाडको फाइनलमा काजकिस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित एरिकाले यसपटक उनलाई क्वाटरफाइनलमा हराएकी थिइन् ।

महिला ६८ किलोमाथि तौलसमूहमा हिजो भएको सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० अङ्कले हराउँदै एरिका फाइनल पुग्न सफल भइन् । एरिकाले भोलि फाइनल खेल्नेछिन् । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया