सुदूरपश्चिमकाे पाेस्टमा एपीएफकाे १९ गाेल

 असोज ७, २०८१ सोमबार १८:३१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई फराकिलो अन्तरले हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिमलाई १९–० गोलले हरायो । एपीएफका लागि रश्मीकुमारी घिसिङ र अनिता केसीले समान चार, प्रीति राईले ह्याट्रिक, सबिता राना मगर र कुसुम खतिवडाले समान दुई गोल गरे । यस्तै सरु लिम्बु र रेनुका हमालले समान एक गोल गरे । एपीएफले दुई गोल आत्मघाती उपहार पायो ।

यो जीतसँगै एपीएफ ८ खेलमा अविजित रहँदै २२ अङ्कका साथ शीर्ष स्थानमा छ । सुदूरपश्चिम लगातार आठ हारसहित अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

एन्फा महिला लिगमा आज भएकाे पहिलाे खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल १–१ गाेलकाे बराबरीमा सकिएको छ । बराबरीसँगै कोशी ८ खेलमा ११ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । चन्द्रपुर ७ खेलमा ८ अङ्कसहित सातौं स्थानमा छ ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया