नेपालले चाइनिज ताइपेईलाई हरायाे, समिर तामाङकाे ह्याट्रिक

 असोज ७, २०८१ सोमबार १८:५५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – २० वर्षमुनिको एएफसी एसियन कप छनोटमा नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई हराएकाे छ ।

आज भएकाे खेलमा नेपालले चाइनिज ताइपेईलाई ३–१ गाेल अन्तरले हरायाे । नेपालका समिर तामाङले ह्याट्रिक गरे । चाइनिज ताइपेईले एक गाेल फर्कायाे ।

यसअघि नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो ।  समूह 'बी' मा नेपालसँगै उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया रहेका छन् ।

सन् २०२५ मा हुने एएफसी २० वर्षमुनिकाे एसियन कप छनोटमा ४५ वटा देश सहभागी छन् । यी टोलीलाई १० वटा समूहमा विभाजन गरिएको छ । १० वटा समूहको विजेता र ५ उत्कृष्ट उपविजेताले २० वर्षमुनिको एसियन कपमा स्थान बनाउनेछन् ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया