स्याङ्जा र पाल्पा जोड्ने गरी आँधीघाटमा निर्माणाधीन पक्की पुलकाे काम अन्तिम चरणमा

 असोज ८, २०८१ मंगलबार १२:५५:३० | रासस
unn.prixa.net

तस्बिर : रासस

स्याङ्जा – स्याङ्जा र पाल्पा जोड्ने गरी कालीगण्डकी नदी आँधीघाटमा निर्माणाधीन पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–१० र पाल्पाको रामपुर नगरपालिका–१० जोड्ने गरी आँधीघाटमा निर्माण भइरहेको पुलको अहिलेसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर सन्तोष कँडेलले बताउनुभयो ।

२०७५ सालमा स्याङ्जा र पाल्पालाई जोड्ने गरी कालीगण्डकीमा दुई वटा पुल निर्माणको ठेक्का सम्झौता गरी काम थालिएको थियो । ५५ करोड रुपैयाँमा एउटै ठेक्कामार्फत आँधीघाट र बाँसटारीमा दुई वटा पुल निर्माण भइरहेको छ ।

आँधीघाटमा निर्माण भइरहेको पुल दुई सय २० मिटर लम्बाइ तथा दुई वटा फुटपाथसहित साढे १० मिटर चौडाइको हुनेछ । सम्झौता भएको मितिले पुल निर्माण कार्य तीन वर्षमा नै सक्नुपर्ने भए पनि कोभिड महामारीलगायतका कारण समयावधि थप गरी काम भइरहेको छ । पुलमा आउँदो नयाँ वर्षदेखि नै गाडी गुड्न सक्ने गरी काम भइरहेको इन्जिनियर कँडेलले बताउनुभयो ।

आँधीघाटमा स्थानीय बासिन्दा र मोटरसाइकल अहिले झोलुङ्गे पुलबाट वारपार गर्छन् । नयाँ पक्की पुल सञ्चालनमा आएसँगै स्याङ्जाको चापाकोट र पाल्पाको रामपुर–१० कालीगण्डकी करिडोरमा जोडिनेछ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया