ऐतिहासिक पदक विजेता एरिका गुरुङलाई विमानस्थलमा भव्य स्वागत

 असोज ८, २०८१ मंगलबार १३:२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – नेपालका लागि ऐतिहासिक पदक विजेता कराँते खेलाडी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

आज बिहान काठमाण्डौ आइपुगेकी गुरुङलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल कराँते महासङ्घका अध्यक्ष युवराज लामा, खेल पदाधिकारी, शुभेच्छुकहरूले स्वागत गरे ।

एरिका गुरुङलाई ब्यान्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गरिएको थियो । उनलाई फूल र बेलुनले सजिएको प्रहरीको भ्यानमा राखेर गन्तव्यतर्फ लगिएको थियो ।

एरिकाले चीनमा भएको २०औं एशिया सिनियर कराँते च्याम्पियनशिपमा महिला ६८ केजीमाथिको प्रतिस्पर्धामा रजत पदक जितेकी थिइन् । एशियन च्याम्पियनशिपको सिनियरतर्फ नेपालले जितेको यो पहिलो पदक हो ।

एरिका स्वर्ण पदकको प्रतिस्पर्धामा भने भियतनामकी नाखोन थी नुयेनसँग पराजित भइन् ।

तस्वीर : रासस

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया