जापानलाई हराउँदै उत्तर काेरियाले जित्याे २० वर्षमुनिको महिला विश्वकप फुटबलको उपाधि

 असोज ८, २०८१ मंगलबार १५:२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : फिफा

काठमाण्डाै – २० वर्षमुनिको महिला विश्वकप फुटबलको उपाधि उत्तर कोरियाले जितेको  छ । कोलम्बियामा भएको खेलमा जापानलाई १–० गोलले हराएर उत्तर कोरियाले उपाधि जितेको हो ।

यससँगै जर्मनी र अमेरिकासँगै उत्तर कोरिया विश्वकपमा सबैभन्दा सफल महिला फुटबल टोली बनेको छ । तीन वटा देशले समान तेस्रो पटक उपाधि जितेका छन् ।

जापानलाई पराजित गर्न आज उत्तर कोरियाकी चो इल सनले खेलकाे १५ औं मिनेटमा गोल गरिन । उत्तर कोरियाले यस प्रतियोगितामा आफ्ना सबै खेल जितेको छ । १७ वर्षीय चो इल सन प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । ६ गोल गरेकी उनले गोल्डेन बुट अवार्ड जितेकी छिन् ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया