हमासको अपहरणमा परेका विपीन जोशीको रिहाइका लागि विश्व समुदायसँग परराष्ट्रमन्त्री राणाकाे आग्रह

 असोज ८, २०८१ मंगलबार १५:०:३६ | रासस
unn.prixa.net

काठमाण्डाै – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्यालेस्टाइनको विद्राेही समूह हमासले अपहरण गरेका विपीन जोशीको सकुशल रिहाइका लागि प्रयास गर्न विश्व समुदायसँग आग्रह गर्नुभएको छ ।

आज बिहान अमेरिकामा भएको असंलग्न आन्दोलन (नाम) को मन्त्रिस्तरीय बैठकमा उहाँले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको हो । नेपाल विपीन जोशीको रिहाइको प्रतिक्षामा रहेको बताउँदै मन्त्री राणाले त्यसका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह गर्नुभयो ।

गएको वर्षको अक्टोबरमा ७ मा हमासले इजरायलमा गरेकाे आतङ्ककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । आक्रमणपछि हमासले जोशीलाई अपहरण गरेको थियो । मन्त्री राणाले विश्वका धेरै ठाउँमा द्वन्द्व बढेको र विश्व नै इतिहासको जटिल मोडमा उभिएको भन्दै यस्तो अवस्थामा विश्वभरका शान्तिप्रेमी एकजुट हुनुपर्ने बताउनुभएको छ ।

परराष्ट्रमन्त्रीले गाजा, रुस र युक्रेनमा जारी द्वन्द्व तत्काल रोकेर समस्याको शान्तिपूर्ण निकास खोज्न आग्रह गर्नुभयो । उहाँले गाजामा नागरिक, पत्रकार, राष्ट्रसङ्घीय कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको हत्या, पूर्वाधारमाथिको आक्रमणको निन्दा गर्नुभयो । नेपाल असंलग्न आन्दोलनको प्रतिबद्ध सदस्य भएकाले सबै देशसँग शान्ति, मैत्री र सहअस्तित्वका आधारमा सम्बन्ध विस्तार गर्ने परराष्ट्रमन्त्री राणाको भनाइ छ ।

तस्वीर : नेपाल मिसन टु यूएन

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया