गुल्मीको निहुरो बुटवल र काठमाण्डौ समेत पुग्न थाल्यो

 असोज ८, २०८१ मंगलबार १५:१७:२० | रासस
unn.prixa.net

फाइल फाेटाे

गुल्मी – गुल्मीको निहुरो बुटवल र काठमाण्डौमा समेत पुग्न थालेको छ । गुल्मीका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुनतेलको जोहो गरिरहेका छन् ।

भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ । गुल्मीको पश्चिमी भेगका जङ्गल र खोल्साहरूमा प्रशस्त मात्रामा पाइने निहुरो अहिले कोसेली र व्यापारका रूपमा बुटवल र काठमाण्डौमा समेत पुग्न थालेको हो ।

गुल्मीको अर्जै, घमिर, अर्खाबाङ, नेटा तथा ह्वाङ्दीलगायत जङ्गलमा प्रशस्त मात्रमा पाइने निहुरोले विपन्न परिवारको आयआर्जनमा राम्रै सहयोग पुर्‍याएको छ । जङ्गलबाट टिपेर ल्याएको निहुरोको गाउँमा खासै महत्त्व नहुने भएका कारण उनीहरूले टिपेको निहुरो डोकोमा बोकेर बिक्री गर्न सदरमुकाम तम्घाससम्म ल्याउने गर्छन् । तम्घासबाट व्यापारीले बुटवल र काठमाण्डौसम्म पठाउने गरेका छन् ।

निहुराे सदरमुकाम तम्घाससम्म ल्याई पुर्‍याउँदा साना मुठाको ३० र ठूला मुठाको ५० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको गुल्मीकाे धुर्कोट गाउँपालिका–५ की चन्द्रकली कुमाल बताउनुहुन्छ । यसले आफ्नो घरखर्च टर्ने गरेको उहाँको भनाइ छ ।

विषादी प्रयोग गरेका तरकारी खाँदाखाँदै हैरान भएका उपभोक्ताले पहाडको लेकबाट टिपेर ल्याएको अर्ग्यानिक निहुरो खोजीखोजी लैजाने गर्दछन् । निहुरो बिक्री गरेर यस क्षेत्रका विपन्न परिवारले याममा एक जनाले २० देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्छन् ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया