एन्फा महिला लिगमा आर्मीले वालिङलाई ८ गोलले हरायो

 असोज ८, २०८१ मंगलबार १५:१५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एन्फा

काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले वालिङलाई आठ–शून्य गोलले हरायो । आर्मीका लागि चन्द्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै विमला विके र अमिशा कार्कीले समान २ गोल गरे । आर्मीले एक गोल आत्मघाती उपहार पायो ।

यो जीतसँगै आर्मी ८ खेलमा १९ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । वालिङ ८ खेलमा १२ अङ्कसहित चौथो स्थानमा छ ।

एन्फा महिला लिगको आजको दोस्रो खेलमा सङ्कटा क्लब र बाग्मती युथ क्लब खेल्दैछन् । यो खेल अहिले दिउँसो साढे ३ बजे एन्फा कम्प्लेक्सको मैदानमा शुरू हुनेछ । सङ्कटा तालिकाको छैटौं र बाग्मती युथ आठौं स्थानमा छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया