खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाण्डौ उपत्यकामा तीन वटा टोली परिचालन

 असोज ८, २०८१ मंगलबार १५:२६:५१ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाण्डौ उपत्यकामा तीन वटा टोली परिचालन गरेको छ ।

विभागले हिजो काठमाण्डौ महानगरपालिका–२५ न्यूरोडमा रहेको गौतम स्वीट्स, महानगरपालिका–२४ इन्द्रचोकमा रहेको स्वस्तिक स्वीट्स एण्ड स्न्याक्स, महानगरपालिका–२२ न्यूरोडमा रहेको कर्नर ताजा गुँदपाक भण्डारमा अनुगमन गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो । अनुगमनका क्रममा व्यक्तिगत सरसफाइमा ध्यान दिन, एकपटक प्रयोग भएको तेल बारम्बार  प्रयोग नगर्न र कृत्रिम रङको प्रयोग मापदण्ड बमोजिम मात्र गर्न निर्देशन दिएको जानकारी उहाँले दिनुभयो ।

यसैगरी विभागले ललितपुरको गोदावरी नगरपालिका–११ मा रहेको प्रशंसा कलेक्सन एण्ड रिफाइन प्रशोधन केन्द्रमा पनि अनुगमन गरेको छ । यो केन्द्रमा वनस्पति घ्यूलाई खिया लागेको ड्रममा तताएर जुजुघ्यू नाममा एक र दुई लिटरका ७२ डब्बामा नक्कली घ्यू र एक सय ५० ग्रामको एक सय डब्बा नक्कली घ्यू स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ ।

विभागले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ मा रहेको मेहता स्टोर र मध्यपुर थिमि–५ मा रहेको शुभलक्ष्मी जनरल स्टोरमा अनुगमन गर्दा उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ अव्यवस्थित रूपमा राखिएको, खाद्यान्न भण्डारण गर्दा सुरक्षित विधिको प्रयोग नभएको पाइएको थियो । अनुगमनका क्रममा मूल्यसूची व्यवस्थित रूपमा नराखिएको र व्यवसायसम्बन्धी कागजात नभेटिएको प्रवक्ता महर्जनले बताउनुभयो ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया