घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनशिपका लागि नेपालकाे प्रारम्भिक टोलीमा ४० जना खेलाडी

 असोज ८, २०८१ मंगलबार १८:८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एन्फा

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप २०२४ का लागि नेपालले प्रारम्भिक टोलीमा ४० जना खेलाडीलाई बोलाएको छ ।

नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । टोलीमा विदेशी लिग खेलिरहेका अञ्जिला तुम्बापो सुब्बा, सावित्रा भण्डारी र रेखा पौडेल पनि छन् ।

साफ महिला च्याम्पियनशिपको सातौं संस्करण आउँदो कात्तिक १ देखि १४ गतेसम्म काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आयोजना हुँदैछ । नेपालमा साफ महिला च्याम्पियनशिप लगातार तेस्रो पटक हुन लागेको हो ।

यसअघि सन् २०१९ को पाँचौं संस्करण विराटनगरमा र २०२२ मा छैटौं संस्करण काठमाण्डौमा आयोजना भएको थियो । साफ महिला च्याम्पियनशिपमा पाँच पटक फाइनल खेल्दा पनि नेपाल अहिलेसम्म उपाधिविहीन छ ।

यस्तो छ प्रारम्भिक टोली –

अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विके, हीरा भुजेल, प्रतीक्षा चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिशा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यसोदा शाही, अञ्जली मचामसी, सुष्मा तामाङ, सुक्रिया मिया, सञ्जिना कोइराला, नेहाकुमारी चौधरी, सञ्जिनी थोकर, अनिता लम्गेल, लीला जोशी, सुशीला चौधरी, कुस्मा राई र सुनिता भुलन ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया