एन्फा महिला लिगमा बाग्मती युथले सङ्कटालाई हरायाे

 असोज ८, २०८१ मंगलबार १८:२३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एन्फा

काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा बाग्मती युथ क्लबले सङ्कटा क्लबलाई हराएकाे छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दाेस्राे खेलमा बाग्मथी युथले सङ्कटालाई ३–१ गोलले हरायो । बाग्मती युथका लागि गिफ्टी एचेम्पोङले दुई र पुष्पाकुमारी खड्काले एक गोल गरे । सङ्कटाका लागि टेमिलोप जेनिफरले गोल गरिन् ।

यो जीतसँगै बाग्मती युथ ८ खेलमा १० अङ्कसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ । सङ्कटा क्लब ८ खेलमा ८ अङ्कसहित सातौं स्थानमा छ ।

एन्फा महिला लिगमा आज भएकाे पहिलाे खेलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाकाे वालिङ नगरपालिकालाई आठ–शून्य गाेलले हरायाे । यो जीतसँगै आर्मी ८ खेलमा १९ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । वालिङ ८ खेलमा १२ अङ्कसहित चौथो स्थानमा छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया