इटाली र जर्मनीका नागरिकलाई लुटपाट गरेको आरोपमा काभ्रेबाट तीन जना पक्राउ

 असोज ९, २०८१ बुधबार १२:२८:३३ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काभ्रेपलाञ्चोक – काभ्रेको बनेपा नगरपालिका–६ गोसाइँस्थानमा विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

धुलिखेल अस्पतालमा 'इन्टर्नशिप' गर्न आएका इटाली र जर्मनीका नागरिकको सामान लुटेको आरोपमा नवलपरासीका हरि चौधरी, रामेछापका सन्देश जैरु र काभ्रेको पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उनीहरू लुटिएका सामानसहित गएराति पक्राउ परेका र आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया