२० वर्षमुनिकाे एशियन कप छनाेट : नेपाल उज्बेकिस्तानसँग ६ गोलले पराजित

 असोज ९, २०८१ बुधबार १४:४७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एन्फा

काठमाण्डाै – एएफसी २० वर्षमुनिको एशियन कप छनोटमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ । न्यु ताइपेई सिटीमा आज भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ६–० गोलले पराजित भयो ।

खेलकाे २० औं मिनेटमा सबिन घिमिरे राताे कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि नेपाली टाेली १० खेलाडीमा सीमित भएकाे थियाे । सबिनले उज्बेकिस्तानका खेलाडीकाे प्रहार हातले राेकेपछि रेफ्रीले राताे कार्ड देखाएका थिए । त्यसपछि उज्बेकिस्तानले पेनाल्टी पाएकाे थियाे । नेपालका गाेलकिपर जियारथ शेखले उज्बेकिस्तानका उरिनबाेएभकाे प्रहार भने राेकेका थिए ।

समूह 'बी' मा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई ३–१ गोलले हराएको थियो ।

नेपाल ३ खेलमा ३ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । उज्बेकिस्तान २ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि बहराइनसँग खेल्नेछ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया