सन्दीप लामिछानेले एकैपटक २२ स्थान सुधार गरे, नेपाली टिमको वरीयता खस्कियो

 असोज ९, २०८१ बुधबार १८:१०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा एकैपटक २२ स्थान सुधार गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा सन्दीप २२ स्थान सुधार गर्दै ४२ औं स्थानमा आइपुगेका छन् । यो वरीयतामा नेपालकै करण केसी ११ स्थान सुधार गर्दै ७६ औं, गुल्सान झा १३ स्थान सुधार गर्दै ९१ औं र ललित राजवंशी १ स्थान सुधार गर्दै ९५ औं स्थानमा आइपुगेका छन् । नेपालका अरू खेलाडीको वरीयता भने घटेको छ । एकदिवसीय अलराउन्डर वरीयतामा अफगानिस्तानका मोहम्मद नाबी पहिलो, बङ्गलादेशका शकिब अल हसन दोस्रो र जिम्बावेका सिकन्दर राजा तेस्रो स्थानमा यथावत् छन् ।

यस्तै एकदिवसीय ब्याटिङतर्फ नेपालका सबै खेलाडीको वरीयता खस्किएको छ । यो वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो, भारतका रोहित शर्मा दोस्रो र भारतकै शुभमन गिल तेस्रो स्थानमा यथावत् छन् ।

यस्तै एकदिवसीय बलिङ वरीयतामा नेपालका करण केसी चार स्थान सुधार गर्दै ८७ औं स्थानमा आइपुगेका छन् । यस्तै सन्दीप लामिछाने ४८ औं स्थानमा यथावत् रहँदा अरू खेलाडीको वरीयता खस्किएको छ । यो वरीयतामा दक्षिण अफ्रिकाका केशव महाराज पहिलो स्थानमा यथावत् रहँदा अस्ट्रेलियाका एडम जम्पा दोस्रो र अफगानिस्तानका राशिद खान तेस्रो स्थानमा आइपुगेका छन् ।

यस्तै नेपाली टिमको एकदिवसीय वरीयता खस्किएको छ । नेपाली टोली एक स्थान तल झर्दै १७ औं स्थानमा पुगेको छ । एकदिवसीय वरीयतामा भारत पहिलो, अस्ट्रेलिया दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा यथावत् छन् ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया